पूर्वाधार वाच, काठमाडौं ।
चीनले अघि सारेको अन्तर्राष्ट्रिय विकास रणनीतिक कार्यक्रम बेल्ट एण्ड रोड इनिसियटिभ ‘बीआरआई’ कार्यान्वयनमा आएपछि नेपालमा चीनबाट विभिन्न उच्च स्तरीय भ्रमणहरू सुरु भएका छन् ।
सरकारी प्रतिनिधिदेखि लिएर विभिन्न विज्ञहरूको टोली नेपाल आउन थालेका छन् । बीआरआइ अन्तर्गत रहेका विभिन्न परियोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न चीन हतारमा देखिएको छ ।
त्यसका लागि उसले आफ्ना विभिन्न विज्ञ समूहलाई सक्रिय गरेको छ । आजै मात्र चीनबाट उच्च स्तरीय दुईटा टोली नेपाल आउन लागेका छन् ।
स्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको हाइनान प्रान्तीय युनाइटेड फ्रन्ट वर्क विभागका उपमन्त्री वाङ यु चङको नेतृत्वमा एउटा टोली नेपाल आइ पुगेको छ भने चीनको क्वाङतोङ प्रान्तीय जातीय तथा धार्मिक मामिला आयोगका उपनिर्देशक चङ सिआओहुई नेतृत्वको प्रतिनिधिमण्डल बैंकक हुँदै नेपाल आइ पुग्ने बताइएको छ ।
उपमन्त्री चङ हाइनान प्रान्तीय सरकारको धार्मिक मामिला ब्युरोका निर्देशक हुन् । आजदेखि आइतवारसम्म हुने नानहाई बुद्धिज्म राउन्ड टेबलमा भाग लिनका लागि उनीहरू नेपाल आउन लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्