images
images
images

सिमेन्टको मूल्य बढाएको भन्दै इप्पान अध्यक्ष कार्कीको आपत्ति

images

पूर्वाधार वाच, काठमाडौं ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष गणेश कार्कीले सिमेन्टको मूल्य बढाएको भन्दै आपत्ति जनाएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले पूर्वाधारमा सिमेन्ट महत्त्वपूर्ण भएको बताएका हुन् ।

अध्यक्ष कार्कीले सिमेन्टको मूल्य बढ्नुमा कालोबजारी भएको र बढाउने कम्पनीलाई कारबाही गर्नुपर्ने बताए।

सिमेन्टबिना पूर्वाधार क्षेत्रको सम्भावना नभएको उनको भनाइ छ ।

उनले भने, ‘सिमेन्टबिना पूर्वाधार क्षेत्रको सम्भावना छैन । सिमेन्टको मूल्य बढाउने कम्पनीलाई कारबाही गर्नुपर्छ । हामी सबैका समस्या सरकारले बुझिदिनुपर्छ । हाम्रो पनि देश विकासमा महत्त्वपूर्ण योगदान छ । अझ पूर्वाधारलाई चलायमान बनाउन हामी सबैले सहकार्य गर्नुपर्छ ।’

नेपालको सन्दर्भमा टनेल आवश्यक रहेको छ र यसलाई सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्