images
images
images

खुमलटारमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

images

पूर्वाधार वाच, ललितपुर । 

ललितपुर महानगरपालिका-१५ खुमलटारमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग, भरत मेडिकल प्रा.लि. खुमलटारको विशेष सहयोग र नेपाली कांग्रेस खुमलटार टोल कार्यसमितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा विभिन्न रोगहरुको निःशुल्क चेकजाँच पनि भएको थियो । सो क्रममा विभिन्न नागरिकहरूले यो सेवा लिएका थिए ।

स्त्रीरोग, हृदयरोग, बालरोग लगायतका विभिन्न रोगहरुको विशेषज्ञ डाक्टरहरूबाट निःशुल्क परामर्श र चेकजाँच भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस खुमलटार टोल कार्यसमितिका सभापति श्याम राउतले स्वास्थ्य नै धन भएकाले बेलाबेला निस्शुल्क स्वास्थ्य परीक्षण गर्दै आइरहेको बताए । यसका साथै, रक्तदान जीवनदान भएकाले यसमा संलग्न सबैलाई उनले धन्यवादसमेत दिए ।

यसका साथै, ललितपुर महानगरपालिका १५ का वडा सदस्य अनुप घिमिरेले वडाले यस्ता कार्यक्रमहरूमा भरपुर सहयोग गरिरहेको बताए ।

कार्यक्रममा वडा नम्बर १५ का ४९ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्