images
images
images

अछाममा ब्रोइलर कुखुराको मासु खादा एक जनाको मृत्यु, ३ जना बिरामी

images

पूर्वाधार वाच, अछाम ।

ब्रोइलर कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ भने ३ जना विरामी परेका छन्।

कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए।

बयलास्थित तुलासिंह विकको घरमा ल्याएको ब्रोइलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो।

मासु खाँदा विकको घरका थप ३ जना विरामी भएका छन्। विरामीको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको छ। के कति कारणले मृत्यु भएको तथा विरामी भएको भन्नेबारे शव परीक्षणपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्