images
images
images

बेरुजु फर्छ्यौट गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

images

पूर्वाधार वाच, काठमाडौं। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निकायलाई बेरुजु फर्छ्यौट गर्न आग्रह गरेको छ । मन्त्रालयले मातहत तथा सम्बद्ध निकाय सवै ‘विभागहरू, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू, केन्द्रीय अस्पताल र अन्य अस्पतालहरू’लाई बेरुजु फर्छ्यौट गर्न आग्रह गरेको हो ।

हालसम्म फर्छ्यौट तथा सम्परीक्षण हुन बाँकी रहेको बेरुजुको सम्बन्धमा देहाय अनुसार गर्नु गराउन हुन मिति २०८१।०९।१६ को ‘सचिवस्तर’ निर्णयअनुसार अनुरोध गरिएको उल्लेख छ ।

हालसम्म फर्छ्यौट तथा फरफारक हुन बाँकी बेरुजुको पूर्व पत्रमा पठाइएको ढाँचा बमोजिम बेरुजु वर्गीकरण गरी अध्यावधिक गर्नुपर्ने, असुल गर्ने र पेस्की बेरुजु ७ ‘सात’ दिनभित्र असुल तथा फर्छ्यौटको कारबाही अगाडि बढाई सोको जानकारी मन्त्रालयलाई गराउने, कार्यालयमा कार्यरत कर्मचारीहरूबाट असुल गर्नुपर्ने बेरुजु रकम तीस दिनभित्र असुल गरिसक्ने र बेरुजु बाँकी रहेको कर्मचारी अन्यत्र सरुवा भई गएको भए पत्राचार गरी सो को जानकारी मन्त्रालयमा पठाउने उल्लेख छ ।
यस्तै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३९ र ४० र नियमावलीको नियम ८९ र ९० बमोजिम बेरुजु फर्छ्यौटको कारबाही अगाडी बढाउने, बेरुजुको अभिलेख तोकिए बमोजिम अध्यावधिक राख्न सूचनामा भनिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्