पूर्वाधार वाच, काठमाडौं ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पान पदाधिकारी र अर्थमन्त्री विष्णु पौडलबीच ऊर्जा क्षेत्रका विभिन्न मागबारे छलफल भएको छ ।
बुधबार सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमै पुगेर इप्पाानका अध्यक्ष गणेश कार्की, उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्ष उत्तम ब्लोन लामा, महासचिव बलराम खतिवडा, प्रमुख कार्यकारी अधिकृत भीम गौतमलगायतकाे टोलीले अर्थमन्त्रीसँग छलफल गरेको हो ।
यस्तै इप्पान पदाधिकारीहरुको टोलीले आगामी माघ ४ गते हुन लागेको इप्पान रजत जयन्तीको लागि पनि अर्थमन्त्री पौडेललाई निम्ता गरेको जनाइएकोछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्