images
images
images

ऊर्जा विकास मार्गचित्र सार्वजनिक, सन् २०३५ सम्म साढे २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य

images

पूर्वाधार वाच, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ‘ऊर्जा विकास मार्गचित्र २०८१’ सार्वजनिक गरेको छ ।

बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच ऊर्जा मन्त्री दीपक खड्काले सरकारको १० वर्षमा २८ हजार ५०० मेगावट विद्युत उत्पादन गर्ने लक्षसहित ऊर्जा विकास मार्गचित्र सार्वजनिक गरेका हुन् ।

यही पुष १६ गते मन्त्रीपरिषदले स्वीकृत गरेको सो मार्गचित्र आज सार्वजनिक गरिएको हो ।

ऊर्जा मार्गचित्रको पूर्ण कार्यान्वयन पछि राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुग्ने मन्त्री खड्काले बताए ।

मन्त्री खड्काका अनुसार ऊर्जा उत्पादनका आन्तरिक स्रोतहरुको अधिकतम विकास गर्न, राज्यको आन्तरिक विद्युत खपत गर्न, अन्तरदेशीय विद्युत व्यापारका सम्भाव्य प्रतिफलहरु प्राप्त गर्न तथा राज्यको योजनाबध्द एवं समयाक्रमानुसार विकास गर्न यो मार्गचित्र महत्वपूर्ण रहेको उनको भनाई छ ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्