images
images
images

तीन तहका सरकार मिलेर आवश्यकताअनुसार विकासका काम अघि बढाउँछौं : उपप्रधानमन्त्री सिंह

images

पूर्वाधार वाच, धादिङ ।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन्। बिहीबार धादिङ लोकसांस्कृतिक महोत्सवमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

हाम्रो समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठुलो भूमिका निर्वाह गरिरहेको हुन्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘त्यसैले आफ्नो पहिचानलाई बचाइराख्न पनि हामीले सांस्कृतिक महोत्सवहरू मनाइरहनुपर्छ ।’उनले भाषा, सँस्कृति विर्सिए पहिचान मेटिने भन्दै आफ्नो संस्कृति, भेषभूषा, कला संस्कृतिलाई जिवन्त राख्नुपर्नेमा जोड दिए । लोकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नो कला, धर्म,संस्कृति जगेर्ना गर्न राम्रो वातावरण बनेको पनि बताए ।

लोक संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरेकोमा उनले प्रशंसा पनि गरे । त्यस्तै उपप्रधानमन्त्री सिंहले धादिङ जिल्लाको पूर्वाधार विकासमा संग, प्रदेश र स्थानीय तीनै तहको सरकारले मिलेर काम गर्ने बताए ।
‘आवश्यक्ता अनुसार प्राथमिकतामा राखेर तीनै तहका सरकार मिलेर काम अघि बढाउँछौं । सबै काम एकैपटक हुँदैन । नागरिकका लागि जे बढी आवश्यकता छ त्यसलाई पहिला अगाडि बढाउँछौ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्