images
images
images

उर्जा उत्पादन गर्न सक्ने क्षेत्रमा बृहत काम गर्न आवश्यक : मन्त्री खड्का

images

पूर्वाधार वाच, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले हाइड्रोपावरदेखि उर्जा उत्पादन गर्नसक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । मंगलबार लचिलो र कम कार्बनको लागि ऊर्जा शिखर सम्मेलन २०२५ मा बोल्दै मन्त्री खड्काले वैकल्पिक उर्जाका विषयमा व्यापक रुपमा परिवर्तन गरेर समयानुकुल बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘हाइड्रोपावरदेखि लिएर उर्जा उत्पादन गर्न सक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता छ । हामीसँग उर्जा सुरक्षाका कुराहरु भएका छन्, त्यसकारण रिर्जभ वायरहरुलाई तत्काल अगाडि बढाउने, पम्पवायरहरुलाई सुरु गर्ने, वैकल्पिक उर्जाका विषयमा व्यापक रुपमा परिवर्तन गरेर समायानुकुल बनाउनुपर्नेछ । यसले ग्रीन हाइड्रो उर्जा उत्पादन गर्ने ठूला ठूला उद्योग सञ्चालनमा सहकार्य गर्न सक्छौं ।’

साथै उर्जाको क्षेत्रमा सबै देशहरुको सहयोग रहने समेत उनले विश्वास लिए । उनले उर्जा क्षेत्रको लक्ष्य अनुसार नै सरकारले काम गरिरहेको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्