पूर्वाधार वाच, काठमाडौं ।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा मंगलबार बस्दैछ । सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली हुनेछ ।
कम्पनीको २ आर्थिक वर्षको नवौं र दशौं वार्षिक साधारण सभा सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
यस्तै, कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्