images
images
images

गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न माग

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बिन्दावासिनी कंसाकारले गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न माग गरेकी छिन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सदनमा गैरसरकारी जलन विधेयक दर्ता भइसक्दापनि र किन छलफलमा ल्याइएको छैन् ? भनेर प्रश्न समेत गरिन् ।

उनले भनिन्, ‘सदनमा गैरसरकारी जलन विधेयक दर्ता भइसकेको छ । तर किन यो विधेयक छलफलमा ल्याइएको छैन् ?यो केवल कानुनी विषय मात्र होइन । नागरिकको जीवनरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशिल विषय पनि हो । गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न अनुरोध गर्दछु ।’

त्यस्तै डढेलोको जोखिम उच्च भइरहेको अवस्थामा सरकारले यसको पूर्वतयारी के कस्तो गरिरहेको छ भनेर उनले प्रश्न गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्