पूर्वाधर वाच, काठमाडौं ।
उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समस्यास्त आयोजनाहरुमा समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । मंगलबार शहरी विकास मन्त्रालय अन्तर्गतका कार्यालय प्रमुखहरुलाई मन्त्रालयमा बोलाएरै उनले समस्याग्रस्त आयोजनाबारे चासो राखेका हुन् । उनले आयोजनामा के कारणले समस्या देखिएको हो त्यसबारे पहिचान गरि तत्काल समाधान निकाल्नुपर्नेमा जोड दिए ।
मंगलबार मनत्रालयमै भएको छलफलमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशन मचाकाजी महर्जन र नयाँ शहर आयोजनाका निर्देशक एकराज अधिकारीले आफ्नो कार्यालयअन्तर्गतका आयोजनामा रहेका समस्या र चुनौतिबारे जानकारी गराएका थिए।
सो क्रममा उनीहरुले कतिपय आयोजनामा ठेकेदारले नियतवस काम नगर्दा समस्या देखिएको, केहीमा ठेकेदारले काम गरिरहँदा पनि केही प्राविधिक समस्या भएको र केही योजनाहरु भने अदालतमा मुद्धा परेकाले रोकिएको बताएका थिए ।
समस्याग्रस्त आयोजनाबारे जानकारी लिएपछि उपप्रधानमन्त्री सिंहले कार्यान्वयनमा लैजान नसकिएका, ठेकेदारले काम लिएर कामै नगरेको र काम गर्दागर्दै पनि समस्या भएको आयोजना वर्गिकरण गरेर कानूनसम्मत समाधानको उपाय खोज्नुपर्नेमा जोड दिए।
उनले मन्त्रालयले सहजीकरण गर्र्दा अघि बढ्न सक्ने योजना भए तत्काल त्यसका लागि आवश्यक काम थाल्न पनि विभाागिय प्रमुखहरुलाई ध्यानाकर्षण गराए ।
‘आयोजनामा भएको समस्या के हो रु र समाधानको उपाय के हुनसक्छ ? समस्या देखाउने मात्र नभई समाधानको विकल्प सहित तयारी गर्नुस् ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘ कार्यान्वयनमा लैजान नसक्ने काम छ भने त्यसमा के गर्ने कानूनसम्मत टुंगोमा पुग्नुपर्छ । काम गरिरहेको तर पूरा गर्न नसक्नेलाई मौका दिनसकिन्छ । तर, ठेक्का लिएर समय थप पछि थप मात्र गर्ने काम अब नहोस् । परिणाम आउने गरि काम गर्नुपर्छ ।’
उपप्रधानमन्त्री सिंहले विकास निर्माणका काम वर्षौसम्म अलपत्र पार्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने भन्दै अब नागरिकले परिवर्तनको महसुस गर्ने गरि आयोजनाहरु अघि बढाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्