images
images
images

महाकाली सन्धी र पञ्चेश्वर आयोजना लगायतबारे मन्त्री खड्का र भारतीय मन्त्रीबीच विशेष वार्ता

images

पूर्वाधार वाच, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका जलशक्ति मन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ । ‘इण्डिया इनर्जी वीक–२०२५’मा सहभागी हुन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले बिहीबार भारतीय समकक्षी पाटिलसँग श्रमशक्ति भवन नयाँदिल्लीमा भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा नेपाल र भारतबीच जलस्रोत र सिंचाइ क्षेत्रमा अझ महत्वपूर्ण सहकार्य गर्ने सहमति भएको मन्त्री खड्काले बताएका छन् ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र महाकाली सन्धिअनुसार पानी छाड्ने सहमति सहित, बाढी र डुबान व्यवस्थापनको लागि संयुक्त समितिको बैठक आगामी मार्च महिनामा हुने बताउँदै सप्तकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआरको बारेमा पनि छलफल अघि बढाउने सहमति भएको उनले जानकारी दिए ।

‘भेटवार्ता पश्चात भएका सहमतिले नेपाल र भारतबीच जलस्रोतको क्षेत्रमा सहकार्यलाई थप सशक्त बनाउने विश्वास मैले लिएको छु । जलस्रोतको क्षेत्रमा दुवै देशका प्रयासहरूले हाम्रो साझा हितलाई सुनिश्चित गर्नेछन्।’, उनले उल्लेख गरे ।

भेटमा मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ उर्जाविज्ञ प्रवल अधिकारी, मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी थिए भने भारतीय उच्च अधिकारीको समेत सहभागिता रहेको थियो ।

यस्ता छन्  ऊर्जा मन्त्री खड्का र भारत सरकारका जलशक्ति मन्त्रीबीच भेटघाटका विषय

१. EXCELLENCY, गत ५ नोभेम्बरमा तपाई सँगको भेटघाट र छलफलले मलाई दुई देश को सहकार्यमा जलश्रोतको क्षेत्रमामा महत्वपूर्ण कार्यहरुका लागि अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गर्न चाहन्छु ।

२. तत्पश्चात हामी लगातार आवश्यक गृहकार्यमा जुटिरहेका छौं र अनौपचारिक सम्बाद मा पनि छौँ ।

३. पारस्परिक लाभकालागि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डी.पी.आर.लाई छिट्टै अन्तिम रूप दिन नेपाल प्रतिबद्ध छ । विज्ञ समूह (ToE)को कार्यकाल अगस्ट २०२५ सम्म थप गरी उक्त विज्ञ समूहको बैठक मार्फत् डी.पी.आर.लाई परिमार्जन गराई सहमतिमा टुङ्ग्याउनुपर्ने आवश्यकता छ । यसकालागि नेपालले केही प्रस्ताव अलग रुपमा भारतलाई पठाएको जानकारी महामहिमलाई गराउन चाहन्छु ।

४. वाढी र डुवान व्यवस्थापनको लागि संयुक्त समिति समिति (Joint Committee on Inundation and Flood Management, JCIFM) चौधौं वैठक मार्च २०२२ मा भए पश्चात हुन नसकेकोले अर्को बैठक यथासम्भव छिटो गर्न भारत सरकारलाइ अनुरोध गर्दछु।

५. जलस्रोतका विविध विषयहरुबारे सेप्टेम्बर २०२२ मा सचिवस्तरीय जलस्रोत सम्बन्धी संयुक्त समिति (JCWR)को नवौं बैठकमा छलफल भएको र उक्त बैठक नबसेको लामो समय भैसकेको हुँदा JCWR को दशौ बैठक दुवै देशलाई सहज हुने गरी चाँडो आयोजना गर्नुपर्ने छ ।

६. टनकपुरवाट नेपाल-भारत सिमानासम्म भारतले वनाएको नहरकोलागि धन्यवाद दिदै लिङ्क नहरको उद्घघाटनको लागि र महाकाली सन्धि अनुसार नेपालको आवस्यकता अनुरुप पानी छोड्न महामहिमको पहलकालागि अनुरोध गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्