images
images
images

मझगाउँ विमानस्थलकाे अवरुद्ध निर्माण कार्य तत्काल अघि बढाउने सहमति

images

पूर्वाधार वाच, काठमाडौं । 

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढ्ने सहमति भएको छ । गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रवार गृह मन्त्रालयमा भएको सम्बद्ध निकायका मन्त्री, सचिव र प्रधानसेनापति सहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको विषय सुल्झिएको हो ।

बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्ने दिन, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमतिपछि लामो समयदेखि असहमति देखिएको विमानस्थल निर्माणको विषय सुल्झिएको हो ।

बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाती रहेको र सुल्झाउन आग्रह गरेका थिए । सो क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षा मन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत मन्त्रालयका सचिवहरूले आ–आफ्नो धारणा राखेका थिए ।

२०७८ माघमा विमानस्थल पुनर्निर्माणका लागि ठेक्का भएको थियो । भने हाल एक हजार तीन सय मिटर विमानस्थलको रनवे कालोपत्रे हुने चरणमा पुगिसकेको छ । विमानस्थल विस्तारका क्रममा विमानस्थलको दक्षिणतर्फ सेनाको ६ बिघा जग्गा विमानस्थलले लिने विषयमा यसअघि सहमति हुन नसक्दा निर्माण प्रभावित हुँदै आएको थियो । शुक्रबारको बैठकमा सम्बद्ध सबै निकाय सम्मिलित टिम महेन्द्रनगर पठाउनुका साथै रनवे निर्माणको काम तत्काल सुरु गर्ने सहमति भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।
‘यसअघि पनि छुट्टा/छुट्टै धेरै चरणमा सहमति र निकासका लागि छलफल भए तर निकास निस्केको थिएन ।’ उनले भने, ‘आज सम्बद्ध निकायको संयुक्त बसाइले सहमति भएर विमानस्थलको निर्माण तत्काल अघि बढ्यो भयो ।’

विमानस्थल निर्माणका क्रममा वन क्षेत्रको पर्ने जग्गाको वातावरणीय प्रभाव मूल्यांकन पनि सँगै गर्दै जाने विषयमा सहमति भएको छ । ‘विमानस्थलका चाहिने सेनाको जग्गा (फुटबल मैदान र आवास भएको स्थान)मा सेनाको सहमति भएकाले तत्काल काम अघि बढ्ने भयो ।’ मन्त्री लेखकले भने, ‘विमानस्थलका लागि आवश्यक पर्ने सोही क्षेत्रको बाँकी जग्गाको विषयमा ईआइएपनि सँगसँगै गर्दै अघि बढ्ने भयो ।’

बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, रक्षा मन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ र नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले विमानस्थल निर्माणका लागि अवरोध हटाएर अघि बढ्ने विषयमा सकारात्मक हुनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले सेनाको जग्गा विमानस्थल निर्माणमा पर्दा कुनै असहमति नरहेको, सो क्रममा मिचिने फुटबल मैदान निकुञ्ज क्षेत्रकै खाली जमिनमा बनाउन पाउनुपर्ने र आवास निर्माणमा जोड दिएका थिए । सेनाले राखेको मागका विषयमा सम्बद्ध मन्त्रालयका मन्त्री र पदाधीकारीहरुले सैनिक संरचना र फुटबल मैदानका विषयमा सकारात्मक रहेको बताएका छन् ।

विमानस्थलका विषयमा मन्त्री लेखक लामो समयदेखि सहजीकरणको लागि प्रयासरत थिए । भीम पालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशतमा विमानस्थल तीन वर्षमा निर्माण गरिसक्ने गरी निर्माण अघि बढाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्