images
images
images

कालिका पावरकाे ६ महिनाकाे नाफा ७ करोड बढी

images

पूर्वाधार वाच, काठमाडौं । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कालिका पावर कम्पनीले नाफा कमाएको छ । कम्पनीले ७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको यसैअवधिमा यस कम्पनीले ६ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको प्रशासनिक खर्च ५९ लाख ३९ हजार रुपैयाँबाट घटेर ३२ लाख ३१ हजार रुपैयाँमा झरेको छ । यसले गर्दा कम्पनीको नाफा बढाउन सहयोग पुगेको हो । यता, कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने सामान्य घटेको छ ।

गत वर्ष ११ करोड ९५ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको कम्पनीको अहिले घटेर ११ करोड ९० लाख रुपैयाँमा झरेको छ ।  पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ९३ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

रटिेन्ड अर्निङमा १० करोड ७४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ २३ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ५१ पैसा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्