पूर्वाधार वाच, काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका अराजक गतिविधिलाई सरकारले हेरेर बस्न नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कुलमानका यस्ता गतिविधिहरूलाई लगाम लगाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘सञ्चालक समिति निर्णय गर्छ, उहाँ कार्यान्वयन गर्नुहुन्न । सरकारलाई टेर्नुहुन्न । शतप्रतिशत लगानी सरकारको छ भाषण गर्दै हिँड्नुहुन्छ । तपाईँहरूले पनि भोग्नु भा छ नि रु माननीयज्यूहरू मन्त्री हुनुहुन्थ्यो । यस्ता अराजक गतिविधिलाई सरकारले सधैँ हेरेर बस्ने कुरा त हुँदैन । लगाम त लगाउनुपर्छ ।’
उर्जामन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिको बैठकलाई असहयोग गरेको कारण बोर्ड सदस्यलाई हटाएको समेत बताएका छन् । ‘बोर्ड मिटिङ बोलायो बोर्ड सदस्यहरू आउँदै आउनुहुन्न, आज आउनुहुन्न, अर्कोदिन बोलायो आउनु हुन्न, त्यस्ता बोर्ड सदस्यहरू किन राख्नुपर्यो,’ उनले भने ।
उनले सत्ता छोड्ने बित्तिकै एकले अर्कालाई आरोप लगाउने प्रवृत्ति हटाउनुपर्ने बताए । गत माघ २४ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा ऊर्जा मन्त्रालयसँग सम्बन्धित भएर उठाएको प्रश्नको जवाफमा उनले केही सञ्चार माध्यममा आएका समाचारका भरमा धारणा बनाउँदा मुलुक कहाँ पुग्छ भन्दै प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्