images
images
images

अपर हेवाखोला हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने

images

पूर्वाधार वाच, भैरहवा ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । यस कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । कम्पनीले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने जनाएको छ ।

उक्त प्रस्ताव विद्युत नियमन आयोजबाट पारित भएपछि थप प्रक्रिया अघि बढ्ने छ । कम्पनीले बैंकको ऋण तिर्नलाई हकप्रद जारी गर्न लागेको जनाएको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । हकप्रद पछि पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्