images
images
images

मन्त्री खड्काविरुद्ध फेसबुकमा जथाभाबी लेख्ने दूधकोशी आयोजना प्रमुख गुरुङलाई हटाउन कुलमानलाई पत्र

images

पूर्वाधार वाच, काठमाडौं।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले दुधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई हटाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएको छ ।

ऊर्जामन्त्री खड्काका बारेमा सामाजिक सञ्जालमा स्टाटस लेखेपछि फागुन ८ गते नै सचिवस्तरीय बैठकको निर्णयबाट गुरुङलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो । तर हालसम्म पनि सो निर्णय कार्यान्वयन नगरेको भन्दै मन्त्रालयका शाखा अधिकृत यज्ञप्रसाद सुवेदीले प्राधिकरणलाई पत्र लेख्दै गुरुङलाई तत्काल हटाउन निर्देश गरेका छन्।

‘गुरुङले मन्त्रालय र यस मन्त्रालयका मन्त्रीज्यूकाबारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार संप्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशन समेत भइसकेकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन अनुरोध छ’, शाखा अधिकृत सुवेदीले लेखेको पत्रमा भनिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्