पूर्वाधार वाच, काठमाडौं।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रुपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्नका लागि अब काम प्रारम्भ गर्नुपर्ने बताएका छन् । काठमाडौं उपत्यका भौतिक विकास समितिको आइतबार शहरी विकास मन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री सिंहले कुनै न कुनै विन्दुबाट काठमाडौंलाई व्यवस्थित गर्नका लागि काम प्रारम्भ गर्नुपर्ने बताए।
काठमाडौं कुनै बेला उर्बर कृषि भूमि रहेको भन्दै चाहेर नचाहेर अहिले अव्यवस्थित र कुरुप शहरका रुपमा विकसित हुन पुगेको भन्दै उपप्रधानमन्त्री सिंहले विगतका कमजोरीहरुलाई सच्याउन समय लागे पनि काम भने अघि बढाउने बताए।
‘धान उब्जनी हुने खेतहरुमा अहिले घरै घर बनेको छ । काठमाडौं अव्यवस्थित शहरका रुपमा विकसित भएकाले अब विस्तारै व्यवस्थित शहरका रुपमा लैजानका लागि हामीले कुनै न कुबै विन्दुबाट काम गर्नुपर्ने हुन्छ । काम गर्नका लागि अब प्रारम्भ गर्नुपर्छ,’ उनले भने ।
उपप्रधानमन्त्री सिंहले अब बन्ने शहरहरुलाई व्यवस्थित गर्नका लागि शहरी नीति मन्त्रिपरिषद्बाट पारित भइसकेको बताए । मन्त्रालयमध्ये शहरी विकास मन्त्रालय कान्छो मन्त्रालय भएको भन्दै आफूले नेतृत्व सम्हालेपछि कामहरुले गति पाएको सिंहको भनाई थियो ।
‘शहरी विकास मन्त्रालय नेपाल सरकारका सबैभन्दो कान्छो मन्त्रालयकै रुपमा छ । मन्त्रालय गठन भएको यतिका वर्षपछि बल्ल एउटा शहरी नीति मन्त्रिपरिषद्बाट पास भएको छ । यो भन्दा अघि मन्त्रालयमा रहेका मन्त्रीज्यूहरुले पनि कोशिस गर्नुभएको हो । परिस्थिती मिलेन होला । हुन सकेको थिएन । मन्त्रालय स्थापना भएदेखि काम गर्दै गर्दै बल्ल अहिले आएर शहरी विकास नीति पास भएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्