images
images
images

समाज डेन्टल अस्पतालको सहयोगमा नि:शूल्क दन्त शिविर सम्पन्न

images

पूर्वाधार वाच, ललितपुर ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित तेज बिनायक मा.वि.मा समाज डेन्टल अस्पताल, पेप्सिकोलाको सहयोगमा नि:शूल्क दन्त शिविर सम्पन्न भएको छ। शिविरमा करिब ८०० विद्यार्थीले नि:शूल्क दन्त परीक्षण गराएका छन्।

समाज डेन्टल अस्पताल, पेप्सिकोलाकी प्रमुख एलिना दाहालले समाज डेन्टलको समाजिक उत्तरदायित्व अन्तर्गत यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरिएको बताउँदै बालबालिकाहरूको दन्त स्वास्थ्यप्रति अभिभावकहरूले बढी ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरिन ।

नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यूका तालिम दल अध्यक्ष बिदुर गिरीले समाजप्रति आफ्नो कर्तव्य पूरा गर्ने क्रममा यस्तो शिविर आयोजना गरिएको बताए। उनले विद्यार्थीहरूलाई बाल्यकालदेखि नै दन्त स्वास्थ्यप्रति सचेत गराउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
यसैगरी, विद्यालयमा कार्यरत स्काउटर कुशल कार्कीले यस्तो शिविर आयोजना गर्न पाउँदा खुसी व्यक्त गर्दै, समस्याको पहिचान गर्नु भनेको विद्यार्थीहरूलाई थप उपचारमा सहायता पुग्ने बाटो खोल्नु हो भन्ने धारणा राखे ।

बिद्यालयका प्राचार्य ओम कुमार श्रेष्ठले अभिभावकहरूले आफ्ना सन्तानलाई बिरामी परेपछि मात्र अस्पताल लैजाने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्ने धारणा राखे।

उनले आँखा, दाँत र कानजस्ता स्वास्थ्य समस्यालाई बेलैमा जाँच गराउनुपर्नेमा जोड दिँदै, विद्यालयका धेरै विद्यार्थीमा दन्त समस्या देखिएकाले यस्तो शिविरले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

शिविरमा सहभागी विद्यार्थीहरूले निशुल्क सेवा, ब्रश, मन्जन लगायतका सामग्री प्राप्त गरेका थिए। अभिभावक तथा विद्यालय प्रशासनले पनि आगामी दिनमा यस्ता कार्यक्रम पुनः सञ्चालन गरिने अपेक्षा राख्दै नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यू तथा समाज डेन्टल अस्पताललाई धन्यवाद दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्