images
images
images

६६.३ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत आयोजना निर्माण शुरु, झन्डै १३ अर्ब लगानी

images

पूर्वाधार वाच, म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माणको काम शुरू भएको छ ।

आईएमई समूहको हाइड्रो सपोर्ट प्रालि प्रर्वद्धक रहेको आयोजना निर्माण स्थलमा परिचालित भएको सिभिल ठेकेदार रुसुवा मल्टि जेभीले प्रारम्भिक चरणको पूर्वाधार निर्माणको काम थालेको हो ।

अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरमा ६ मिटर अग्लो बाँध बनाएर कालीगण्डकीलाई थुनेर ४.८ किलोमिटर लामो शुरूङबाट ल्याउने पानी अन्नपूर्ण-२ नौनीबगरमा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

सुकेबगरको इनलेट, नारच्याङ पुल नजिकैको अडिट र नौलीबगरको आउटलेटबाट शुरूङ निर्माण गरिने भएको छ । विद्युतगृह देखि आउटलेटको हेड एक सय पाँच मिटर अग्लो छ ।

रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युतगृह, स्विचार्ड, कन्ट्रोल रूम भूमिगत बनाइने भएको छ । मध्य कालीगण्डकीबाट उत्पादित विद्युत नौलीबगर भन्दा ६ किलोमिटर माथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेशन मार्फत केन्द्रिय प्रणालीमा आवद्ध हुनेछ । भने आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । कुल रु. १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा नविल बैंक लिमिटेडको नेत्तृत्वमा छ ओटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रर्वद्धक र शेयर लगानीकर्ता मार्फत जुटाइने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्