images
images
images

विद्युत् प्राधिकरणका नवनियुक्त सीईओ शाक्यले गरे पदभार ग्रहण

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक (सीईओ) हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।नवनियुक्त सीईओ शाक्यले मंगलबार साँझ प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त शाक्यलाई प्राधिकरणको सीईओमा नियुक्त गरेको थियो । भने, तत्कालीन कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयसँगै नियुक्ति प्रमाणित भएर आएपछि उनले पदभार ग्रहण गरेका हुन् ।

यता तत्कालीन सीइओ घिसिङ भने सरकारको निर्णयविरुद्ध अदालत जाने बताइसकेका छन् ।

प्राधिकरणबाट कुलमानलाई हटाउने सरकारको निर्णयविरुद्ध चौतर्फी विरोध भइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्