images
images
images

प्रधानमन्त्री र ऊर्जामन्त्रीले बक्यौता नउठाउन दबाब दिएको कुलमानको आरोप, पुगे सर्वोच्च

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कारबाहीमा परेका कुलमान घिसिङले दीपक खड्का ऊर्जामन्त्री भएर आएपछि सहयोग पुग्ने अपेक्षा आफूले लिएर पनि त्यसो हुन नसकेको बताएका छन् ।

बिहीबार सर्वोच्च अदालतमा पुनर्स्थापनाका लागि परमादेशको मागसहित दायर गरेको रिट निवेदनमा उनले आफूले गरेका कार्यगत प्रगतिको विवरण, सरकार र ऊर्जामन्त्री दीपक खड्कासँगको टसल खुलाएका छन् ।

उनले डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउन खोज्दा आफूमाथि प्रहार भएको उल्लेख समेत गरेका छन् । बक्यौताको दाबी छाड्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ऊर्जामन्त्री खड्काले विभिन्न अनुरोध, प्रभाव र दबाब देखाएको तर आफ्नो निष्ठा र कर्तव्यले त्यो स्वीकार गर्न नसकेको उनको भनाइ छ ।

‘उक्त बक्यौताको दावी छाड्न प्रत्यर्थी लगायत विभिन्न पक्षको अनुरोध, प्रभाव, दवाव निवेदकको निष्ठा र कर्तव्यले स्वीकार गर्न सकेन । मैले विवेक त्याग्न सकिन, इमान्दारीतालाई तिलाञ्जली दिन आत्माले मानेन संस्था र राष्ट्रप्रति घात गर्न मेरो स्वाभिमानले अनुमति दिएन । पदीय मर्यादामा मैले सम्मान गर्नुपर्ने र आर्थिक रूपमा सबल समूहको सबै प्रयास मलाई विचलित गराउन निष्प्रभावी भए,’ रिट निवेदनमा उनले उल्लेख गरेका छन्, ‘अदालतबाट वैध ठहर भएको ठुलो बक्यौताको रकम मेरो कारणले शून्यकृत गर्न सम्भव नभएपछि राष्ट्रव्यापी रूपमा गुणस्तरयुक्त, दिगो, नियमित र भरपर्दो विद्युत् आपूर्ति र नेपालको विद्युत् अन्तराष्ट्रिय बजारमा निकासीको चरणमा पुगेको र यसलाई दिगो भरपर्दो बनाउँदै अगाडि बढाउनु पर्ने अवस्थामा ६ पटक अर्थहीन विषयमा जवाफ माग गर्ने र हजारौँ पृष्ठका कागजात सङ्ग्रह गरी विवरण पेस गर्नुपर्ने कार्य प्रत्यर्थी लगायतबाट हुँदै आएको थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्