images
images
images

वीर अस्पतालको खाद्य स्वस्च्छताको अवस्था ठिक छ : महानगर

images

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त आयोजनामा घुम्ती खाद्य प्रयोगशालासहित अनुगमन एवम निरीक्षण गरिएको छ ।
सोमबार खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने उद्देश्यले सुरु गरिएको कार्यक्रम अन्र्तगत महानगरले वीर अस्पतालमा खाद्य नमूना संकलन, अनुगमन र निरीक्षण गरेको हो ।

अनुगमन पछि सञ्चारकर्मीहरुसँगको कुरा गर्दै महानगरपालिकाका फुड टेक्नोलोजिष्ट अधिकृत अनिल बस्नेतले अस्पतालमा अनुगमन गर्दा खाद्य स्वस्च्छताको सबै नियमहरु पालना गरेको पाइएको जानकारी दिए ।

खासगरी सरकारी अस्पतालहरुमा यत्तिको खाद्य स्वस्च्छताको नियमहरु पालना गरेको कम मात्रामा नै भेटिने गरेको पनि उनले बताए ।
उनले भने, ‘उहाँहरुले सबै यो खाद्य स्वस्च्छताको सबै नियमहरु पालना गर्नुभएको पाइएको छ । एकदमै राम्रो छ । काठमाडौं महानगरपालिकाभित्र अनुगमन गरिरहँदा यत्तिको अस्पतालमा विरलै भेटिन्छ । प्रत्यक्ष विरामीले खाने भएकाले पनि होला राम्रो पाएका छौं । यस्तो सरकारी अस्पताल कमै छन् ।’

त्यस्तै उनले महानगरपालिकामा धेरै उजुरीहरु आएको कारण खाद्य व्यवसायमा अनुगमन गर्न लागेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्