images
images
images

क्यान्सर पीडित बालिकाको उपचारका लागि प्रहरीले गर्‍यो आर्थिक सहयोग

images

पूर्वाधार वाच, रामेछाप ।

रामेछापकी एक क्यान्सर पीडित बालिकाको उपचाराका लागि प्रहरी कर्मचारीले आर्थिक सहयोग गरेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी कर्मचारीले मन्थली नगरपालिका–२ टेकानपुरकी ५ वर्षीया बालिका अनु श्रेष्ठको उपचारका लागि आर्थिक सङ्कलन गरी सहयोग गरेका हुन् ।

ती बालिकाको उपचारका लागि प्रहरी कर्मचारीको तर्फबाट ५५ हजार ५ सय ५५ रुपैँया प्रदान गरिएको छ । प्रहरी कर्मचारीबाट सङ्कलित रकम जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले बुधबार बिरामीका बाबु सुमन श्रेष्ठलाई हस्तान्तरण गरे ।

रकम हस्तान्तरण गर्दै सिंहले प्रहरीको तर्फबाट अझै सकेको सहयोग हुने बताए । बालिकाको कान्ति बाल अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । आफूसँग भएको रकम छोरीको उपचारमा सकेपछि थप उपचारको लागि आर्थिक सहयोगको अनुरोध गरिएको सुमनले बताए ।

‘डाक्टरले सुरुकै स्टेज भएकोले रोग त निको हुन्छ भनेका छन्, तर खर्च धेरै लाग्ने भयो, आफ्नो आर्थिक हैसियतले नधान्ने भएपछि सहयोगको लागि सबैलाई अनुरोध गरेको हो, छोरी बचाउन निक्कै गाह्रो प¥यो’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्