images
images
images

शहरी विकास मन्त्रालयका के-के विषय परे प्राथमिकतामा ?

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । संघीय संसद भवन बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सभालाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा शहरी विकासका विभिन्न विषय समेटिएका छन् ।

उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालय सम्हालेपछि प्रकाशमान सिंहले काठमाडौं उपत्यकालाई सफा शहरका रूपमा विकास गर्ने, शहरीकरण व्यवस्थित रूपमा अघि बढाउने, उपत्यकाका नदी स्वच्छ बनाउने, पूर्वाधार विकासमा तीन तहको सरकारको समन्वय राम्रो बनाउने लगायतका विषयलाई प्राथमिकतामा राख्दै आएको थिया । ती विषय नीति तथा कार्यक्रममा समावेश भएका छन् ।

शहरी विकास मन्त्रालयका यी विषय

– काठमाडौं उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणयुक्त स्थान बनाउन नदी संरक्षण र पर्यावरणीय सुधारको काम गरिने ।

– आपतकालिन आवास तथा आवासविहिन परिवारका लागि आवास निर्माण कार्यलाई निरन्तरता दिने ।

– कमजोर र अव्यवस्थित शहरी क्षेत्रको एकीकृत विकास गरिने

– भृकुटीमण्डपलाई अन्तरास्ट्रिय स्तरको सभा हल, मनोरञ्जन पार्क का रूपमा विकास गर्ने ।

– शहरी पूर्वाधारका लागि थप पूँजी परिचालन गर्न नगर विकास कोषलाई पुनर्संरचना गर्दै यसको स्वामित्व संघ, प्रदेश, स्थानीय तह र वित्तिय संस्थाहरूकोबिचमा वितरण गरिनेछ ।

– आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाउने

– संघ प्रदेश र स्थानीय तहको सहकार्यमा स्थानीय तहको केन्द्रलाई राष्ट्रिय र प्रादेशिक तहको सडक सञ्जालसँग जोडी अन्तर आवद्धता कायम गर्ने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्