images
images
images

ट्रक पल्टिँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध

images

पूर्वाधार वाच, चितवन ।

नारायणघाट-मुग्लिन सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा बन्द भएको छ ।

आज बिहान ७ बजे वीरगन्जबाट काठमाडौं जाँदै गरेको ट्रक पल्टिएर बाटो अवरुद्ध भएको हो ।

कोइला लोड गरेको सो ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ । अवरोध खुलाएर बाटो सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्