images
images
images

तीन सिफ्टमा काम गरेर नागढुंगा–मुग्लिन सडकको काम चाँडो सकाउन माग

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले नागढुंगा–मुग्लिन सडकको पुननिर्माणको काम कछुवातालमा भइरहेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसपटकको बर्खायाममा नागरिकले धेरै दुःखकष्ट भोग्ने मात्र नभइ ठूलो दुर्घटना हुने सम्भावना देखिएकाले सम्बन्धित निकायसँग छलफल र संवाद गरेर तीन सिफ्टमा चाँडो निर्माण कार्य अगाडि बढाउन माग गरे ।

उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरु हवाइजहाज र हेलिकप्टरहरुमा सवार हुने हुँदा सडकको अवस्था थाहा हुने कुरै भएन । नागढुंगादेखि मुग्लिनसम्मको सडकको पुननिर्माणको काम कछुवातालमा भइरहेको छ । यसपटकको बर्खायाममा नागरिकले धेरै दुःखकष्ट भोग्ने मात्र नभइ ठूलो दुर्घटना हुने सम्भावना देखिएकाले बेलैमा ठेकेदार र सम्बन्धित कम्पनीहरुसँग छलफल र संवाद गरेर तीन सिफ्टमा कामगरी बर्खा अगावै जोखिम कम हुनेगरी काग गराउन सरकारसँगको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्