पूर्वाधार वाच, काठमाडौं।
सरकारले काठमाडौं चक्रपथको कलंकी-बसुन्धरा-धोवीखोला सडक खण्डको स्तरोन्नति कार्यलाई निरन्तरता दिन १ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बिहीबार बिहीबार आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त सडक खण्डको स्तरोन्नति कार्यलाई निरन्तरता दिन सो रकम छुट्याएको जानकारी दिए ।
काठमाडौं चक्रपथको कलंकी-बसुन्धरा-धोवीखोला सडक खण्डको स्तरोन्नति कार्यलाई निरन्तरता दिन रु. १ अर्ब २४ करोड विनियोजन गरेको छु ।, उनले भने ।
यस्तै सरकारले रणनीतिक तथा व्यापारिक महत्त्वका तमोर कोरिडोर, दमक-चिसापानी सडक, भेरी कोरिडोर, डुम्रे-बेशीशहर–चामे सडक, कक्रहवा-सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक, शहीद मार्ग, रत्न राजमार्ग, राप्ती राजमार्ग, खुटिया–दिपायल लगायतका सडकको स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरेको बजेटमा उल्लेख छ ।
यता विपदबाट क्षतिग्रस्त बी. पी. राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजपथ, मेची राजमार्ग लगायत सडकको पुनर्निर्माण गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। भने राष्ट्रिय राजमार्गमा पर्ने सडक पुल निर्माण गर्न ३ अर्ब १८ करोड विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्