images
images
images

बुढीगण्डकी आयोजनाबारे बाबुरामको टिप्पणी- प्रचण्डले तरबार चलाए, ओलीले हत्या नै गरे

images

पूर्वाधार वाच, काठमाडौं।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या भएको टिप्पणी गरेका छन् ।

डा. भट्टराईले बजेटमा बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना बारे गरिएको व्यवस्थाप्रति टिप्पणी गर्दै २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारद्वारा तरवार चलाएर घाँटी रेट्न शुरू गरिएको यो राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले २०८२/०८३ को बजेट बक्तव्य (बुँदा २२४) मार्फत कथित ‘सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ’ भनेर पूरै घाँटी छिनालेको बताएका हुन् ।

उनले यो सरासर वदनियतपूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णयको भर्त्सना र विरोध गरेका छन् । डा. भट्टराईले भविष्यको उज्ज्वल सपनाको खातिर आफ्नो पुस्तौंदेखिको सम्पत्ति र थातथलो सहज हस्तान्तरण गरेर यो आयोजना कार्यान्वयनकालागि पूर्ण सहयोग गर्दै आएका गोरखा र धादिंगको प्रभावित क्षेत्रका जनताप्रति पूर्ण सहानुभूति र ऐक्यवद्धता व्यक्त गर्दै यो राष्ट्रिय विश्वासघात र अपराधपूर्ण निर्णयको सशक्त प्रतिवाद गर्न प्रभावित क्षेत्रका जनता र सबै सचेत नागरिकहरूसँग आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्