पूर्वाधार वाच, काठमाडौं ।
घुस लिएको आरोपमा निलम्बित रहेका नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत मेयर बस्नेत दोषी ठहरिएका छन् ।
विशेष अदालतले निलम्बित बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो ।
विशेष अदालतले उनले राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ लिएको ठहर सहित सम्पती शुद्धिकरण (अपराधबाट आर्जित सम्पती लुकाएको कसुर)मा समेत दोषी ठहर गरेको छ ।
विशेषले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ ‘सम्पती शुद्धिकरण’ गरेको ठहर गरेको हो । बस्नेतलाई कैद सजाय तोक्नका लागि विशेष अदालतले १६ असारमा अर्को पेसी तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्