पूर्वाधार वाच, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एन्ड पे को व्यवस्था राम्रो गर्न ल्याइएको भएपनि नराम्रो गर्ला कि जस्तो भो हटाउनु परेको बताएका छन् । मंगलबार संसदमा सांसदहरुका प्रश्नको जवाफमा ‘टेक एन्ड पे बजेटबाट हटाउनु परेकोबारे ठट्यौली पारामा जवाफ दिएका छन् ।
‘टेक एन्ड पे राम्रो गर्न ल्याइएको थियो, नराम्रो गर्ला कि जस्तो भो हटाइयो ।’, प्रधानमन्त्री ओलीले भने ।
यसअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको २२७ नम्बर बुँदा संशोधन गरेको प्रस्ताव गरेका थिए । टेक एन्ड पे प्रावधानका कारण सत्ता समीकरण नै संकटमा पर्नेजस्तो देखिएसँगै सरकार संशोधनका लागि तयार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्