पूर्वाधार वाच, काठमाडौं ।
नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का आफ्नो औपचारिक चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।
मन्त्री खड्काले भ्रमणका क्रममा चीनका समकक्षीसहित उच्च अधिकारीहरूसँग भेटवार्ता गर्दै जलस्रोत विकास, उर्जा उत्पादन र प्रसारण तथा सिंचाई पूर्वाधारमा सहकार्य विस्तारका विषयमा छलफल गरेका थिए।

भ्रमणबाट दुई मुलुकबीच द्विपक्षीय सम्बन्ध थप मजबुत हुनुका साथै संयुक्त लगानी, प्रविधि हस्तान्तरण र परियोजना कार्यान्वयनका सम्भावनामा समेत नयाँ ढोका खुलेको मन्त्रालयले जनाएको छ।
मन्त्री खड्का असार १० गते चीन प्रस्थान गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्