पूर्वाधार वाच, काभ्रेपलाञ्चोक ।
पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता भएसँगै नगरवासीले अब निःशुल्क रगत पाइने भएका हुन् ।
‘पाँचखालवासीले उपचारका क्रममा रक्तअभावका कारण ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेका हौँ’, नगरप्रमुख महेश खरेलले भने ।
सम्झौता अनुसार रेडक्रसले निःशुल्क आवश्यक रगत उपलब्ध गराए बापत नगरले प्रतियुनिट रु एक हजार ५० का दरले रकम प्रदान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्