images
images
images

चिरखुवा खोलामा पक्की पुल निर्माण, ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यता अन्त्य

images

पूर्वाधार वाच, भोजपुर ।

चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २० दशमलव ६० मिटर लामो पक्की पुल निर्माण भएको छ ।

पूर्वाधार विकास कार्यालयमार्फत निर्मित पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । उक्त रकम कोशी प्रदेश सरकारले प्रदान गरेको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार षडानन्द नगरपालिका १ र ५ लाई जोड्ने चिरखुवा खोलामा पुल बनेपछि यी वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

पुलमा हल्का सवारी साधन पनि सञ्चालन भएका छन् । जिल्ला सदरमुकाम पुग्न पनि अब सहज भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्