images
images
images

गुजरातमा पुल भाँच्चिदा मृत्यु हुनेको संख्या १५ पुग्यो

images

पूर्वाधार वाच, नयाँदिल्ली ।

भारतको गुजरातमा पुल दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

एनडीआरएफको खोजी अभियानमा आज बिहान दुईवटा शव फेला परेका छन् । सोही क्रममा चार जना अझै बेपत्ता छन् । उद्धार कार्य जारी छ।

दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रमेशभाई (बुवा), नैतिक (छोरां) र वेदिका (छोरी) भावनगरको बगदाना जाँदै थिए। तीनै जनाको आजै अन्तिम संस्कार गरिएको छ ।

वडोदराको महिसागर नदीमा बनेको पुल बुधबार बिहान भाँचिएको हो । पुल भत्किँदा दुई ट्रक, दुई कार र एक रिक्सा नदीमा खसेका थिए ।

त्यही क्रममा एउटा ट्याङ्कर भाँचिएको छेउमा अड्किएको थियो । नदीमा डुबेका ८ जनाको स्थानीयले उद्धार गरेका थिए भने १३ जनाको मृत्यु भएको थियो ।

यो ४५ वर्ष पुरानो पुलले दक्षिण गुजरातलाई सौराष्ट्रसँग जोड्छ। पुल भत्किएपछि भरुच, सुरत, नवसारी, तापी र वलसाड जस्ता सहरबाट सौराष्ट्र पुग्न अझै समय लाग्ने छ । अब यसका लागि अहमदाबाद हुँदै जानुपर्छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा शोक व्यक्त गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्