पूर्वाधार वाच, काठमाडौं ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासमा सबै नागरिकको सहभागिता आवश्यक रहेको बताएका छन् । बिहीबार विद्युत् विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाटै सुरु गर्नुपर्ने धारणा राखेका हुन् ।
खान नपुग्ने नागरिकको घरसम्म ऊर्जामार्फत समृद्धि पुर्याउनको लागि सरकार क्रियाशील रहेको पनि उनको भनाई थियो । उनले ऊर्जा क्षेत्रमा विगतमा भएका कामहरूको समीक्षा गर्दै थप प्रभावकारी रहेको बताए ।
उनले भने, ‘सबै नागरिकले सहभागी हुनसक्ने गरी ऊर्जा क्षेत्रलाई अगाडि बढाउन जरुरी छ । हुनेलाई मात्र नभई नहुने नागरिकले पनि यस क्षेत्रमा आबद्ध गरेर समृद्धि खान नपुग्ने घरमा पनि पुगोस्, ऊर्जा क्षेत्रको विकास त्यहाँ पनि प्रमाणित होस् । त्यो समाजवाद मुलुकले चाहेको हो । त्यसका लागि मन्त्रालय लागेको कुरा लुकेको छैन । विगतका कामको जगमै बसेर परिमार्जन र परिवर्तन गरिएको हो । ऊर्जा क्षेत्रको विकासमा ढिलाइ गर्नुहुन्न भन्ने मानसिकताबाट काम गर्नुपर्ने आवश्यकता छ । अझै पनि सबै घरमा विद्युत् पुर्याउन नसकेको आवश्यकता छ । सबै घरधुरीमा विद्युत् पुर्याएर सबै चुल्होमा विद्युत् पुर्याउने मन छ ।’
मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकास सरकारको एकल प्रयासबाट मात्र सम्भव नभएको उल्लेख गर्दै सरोकारवाला सबैको साथ सहयोग आवश्यक रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्