पूर्वाधार वाच, काठमाडौं ।
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले काठमाडौं चक्रपथको दोस्रो खण्ड विस्तारका क्रममा आवश्यक स्थानमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकले विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक स्थानमा फ्लाइओभर वा अण्डरपास समावेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले तत्काल चक्रपथ विस्तारको काम अघि बढाउन पनि निर्देशन दिएको सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।
बैठकमा मन्त्री दाहालले दोस्रो चरणअन्तर्गत कलङ्की–महाराजगन्ज खण्डको काम शीघ्र अघि बढ्ने स्पष्ट पारे । ७ दशमलव २ किलोमिटर दूरीको सो खण्ड विस्तारको काम अघि बढाउने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्