images
images
images

हामी सरकारमा हुँदा पूर्वाधार विकासले गति लिएको छ : प्रधानमन्त्री ओली

images

पूर्वाधार वाच, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार बनेपछि दैनिक २.५५ किलोमिटर सडक बनेको दाबी गरेका छन्।

आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो ६ वर्षयता मुलुकले सबैभन्दा ठूलो भौतिक पूर्वाधारमा फड्को मारेको बताएका हुन्।

उनका अनुसार गत आवमा ९३२ किलोमिटर सडक कालोपत्र भएको जनाए।

‘आजभन्दा ६ वर्षअगाडि हाम्रै सरकार हुँदा भौतिक पूर्वाधार विकासको गति उच्च भएको रेकर्ड रहेछ, त्यसबीचमा फेरि त्यो गति घटेको रहेछ, अहिले फेरि हामी नै सरकारमा हुँदा पूर्वाधार विकासको गति बढेको तथ्यांक प्राप्त भएको छ, यो गति अझ बढाउनुपर्ने छ,’ उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्