पूर्वाधार वाच, धनगढी ।
डडेलधुराको गन्यापधुरा गाउँपालिका–२, रडुवामा पहिरो खस्दा अवरुद्ध भएको डडेलधुरा–दिपायल–बाजुरा–अछाम जोड्ने केआई सिंह राजमार्ग पुन सञ्चालनमा आएको छ ।
पहिरो पन्छाएसँगै बिहानबाट राजमार्ग सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय, डडेलधुराका अनुसार रडुवा स्थित खोलामा पहिरो खसेका कारण राजमार्गमा गएरातिदेखि सवारी आवतजावत पूर्ण रूपमा बन्द भएको थियो ।
पहिरो पन्छाएसँगै अलपत्र सवारीसाधन तथा यात्रुहरू गन्तव्यतर्फ लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्