images
images
images

९ कम्पनीको शेयर मूल्य हालसम्मकै उच्च, अधिकांश हाइड्रोपावर सेक्टरका

images

पूर्वाधार वाच, म्याग्दी ।

शेयर बजारमा ९ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । वितरित हकप्रद तथा बोनस शेयर पश्चात समायोजित मूल्य गणनापछि यी कम्पनीको मूल्य उच्च भएको हो ।

मूल्य उच्च भएका अधिकांश कम्पनी हाइड्रोपावर सेक्टरका छन् । ९ वटा कम्पनीमध्ये ५ वटा हाइड्रोपावर छन् । हालसम्मकै उच्च मूल्यमा पुगेका कम्पनीमा कालिका पावर, राधि विद्युत्, बुटवल पावर, ङादी ग्रुप तथा सान्भी इनर्जी छन् ।

यीमध्ये सान्भी हालै सूचीकृत भएको कम्पनी हो । बिहीबार बजार बन्द हुँदा कालिका पावरको मूल्य ६४८.२२, राधिको ८७०.५४, बुटवल पावरको १०३३.२८, ङादी ग्रुपको ४४६.०५ तथा सान्भीको ५७७.९० रुपैयाँ छ ।

हाइड्रोपावरबाहेक अन्य समूहका नेपाल पुनर्बीमा र ट्रेड टावर, विकास बैंक समूहको सांग्रिला डेभलपमेन्ट बैंक तथा लगानी समूहको सीईडीबी होल्डिङको मूल्य हालसम्मकै उच्च भएको हो । ट्रेड टावर हालै सूचीकृत कम्पनी हो ।

बिहीबार बजार बन्द हुँदा नेपाल पुनर्बीमाको मूल्य १५९८.९६, ट्रेड टावरको ६४८.२०, सांग्रिला डेभलपमेन्टको ४९३, सीईडीबीको २९३९.२१ रुपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्