पूर्वाधार वाच, झापा ।
यहाँको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा रु चार करोड ३८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ ।
सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३५० मिटर लामो र पाँच फिट चौडाइको छ । पुलले विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ ।
उक्त स्थानमा पुल नहुँदा वर्षौँदेखि ज्यामिरगढीका बासिन्दा विचानी–हेल्दुबारी ओहोरदोहोर गर्न बर्खा याममा पाँच किलोमिटरभन्दा टाढा घुम्नुपर्ने बाध्यता थियो ।
पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालि काठमाडौँबिच विसं २०७९ असार २२ गते ठेक्का सम्झौता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्