images
images
images

भौतिक पूर्वाधार मन्त्री दाहालद्वारा स्याफ्रुबेसी–रसुवागढी सडकको निरीक्षण

images

पूर्वाधार वाच, रसुवागढी ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गल्छी–त्रिशुली–मैलुङ स्याफ्रुबेसी –रसुवागढी सडकको स्थलगत निरीक्षण गरेका छन् । मंगलबार मन्त्री दाहाल सहितको टोलीले नेपाल चीन सीमा स्थित बाढीले बगाएको मितेरी पुल सम्म निरीक्षण गरेको हो ।

त्यस क्रममा मन्त्री दाहालले निर्माणाधीन सडकको निर्माण कार्य तीव्र पार्न निर्देशन दिएका छन् । नदीबाट हुने क्षति समेत नियन्त्रण तर्फ पनि ध्यान दिन उनले आग्रह गरे ।

यस्तै उनले चीन तर्फ रोकिएका नेपालीको अवस्था बारे पनि चासो राखेका थिए । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनिया पक्षसङ समन्वय गरी नेपालीहरू ल्याउने र समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिएका छन् ।

मितेरी पुल निर्माणको कार्य चिनिया पक्षले छिटो अघि बढाउने सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी बताए । यस्तै सुपरिटेण्डेन इन्जिनियर शुभराज न्यौपानेले सडक अवरुद्ध हुन नदिने गरी निरन्तर मर्मतको काम भैरहेको जानकारी गराएका छन् ।

साथै चीनले आधिकारिक रूपमा बेलीब्रिज निर्माण थालेको र दसैँअघि सञ्चालनमा आउनेसमेत बताए ।‘चिनले बेलिब्रिज निर्माण थालिसकेको छ । दसैँ अघि सञ्चालनमा ल्याइन्छ,’ न्यौपानेले भने,‘दसैका लागि आवश्यक वस्तु आपूर्तिमा समस्या हुँदै छ । छिटै बेलिब्रिज सञ्चालनमा आउँछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्