images
images
images

पृथ्वी राजमार्गको धादिङ खण्डमा एकतर्फी सवारी सुचारु

images

पूर्वाधार वाच, काठमाडौं।

पहिरो खसेर पृथ्वी राजमार्गको धादिङ खण्डमा ३ ठाउँमा सडक अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–६ स्थित जरेखेत, गजुरी गाउँपालिका–४ स्थित जरे पुल र थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिलोमा सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडकमा एकतर्फी सञ्चालनमा आएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका एसपी नरेश सुवेदीले बताए । जरे खेत र जरे पुलमा एकतर्फी सवारी सञ्चालन गरिएको छ । थाक्रे गाउँपालिका–७ स्थित सात किलोमा चाहिँ दुई तर्फ नै सवारी चल्न थालेका छन् । एसपी सुवेदी भन्छन्, ‘पहिरो पन्छाएर सात किलोमा दुई तर्फी सवारी सुचारु गरिएको छ ।’

पहिरो खसेको ठाउँमा सडक विभागका प्राविधिक गएर अध्ययन गरिरहेका छन् । बिहान ३ बजेर २० मिनेटमा सड्क अवरुद्ध भएसँगै राजमार्गमा ७८० वटा सवारी होल्ड गरिएको छ । आदमघाट, मलेखु, सिम्ले, मझिमटार, खानीखोला, महादेववेशी, गजुरी र बेनिघाटमा सवारी साधन होल्ड गरिएको एसपी सुवेदीले बताए ।

उनले भने, ‘होल्ड गरिएका सवारी साधनलाई बिस्तारै पठाउँदैछौँ ।’ ट्राफिक प्रहरीले खत्रीपौवा र विशालटारमा पनि सवारी साधन होल्ड गरेर प्राथमिकताको आधारमा आउजाउ गराइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्