पूर्वाधार वाच, काठमाडौं ।
जलस्रोतको उपयोग, संरक्षण र व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न ल्याइएको ‘जलस्रोत विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित आएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
त्यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि सभामा छलफल गरिएको हो ।

छलफलका क्रममा सांसद विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वाँरले विधेयकका विभिन्न प्रावधानप्रति सुझाव, जिज्ञासा र टिप्पणी व्यक्त गरे ।सांसदहरूको जिज्ञासामा प्रतिक्रिया दिँदै मन्त्री खड्काले जलस्रोतको दीर्घकालीन र दिगो उपयोग तथा प्रभावकारी व्यवस्थापनलाई लक्ष्य गरी विधेयक ल्याइएको जानकारी दिए ।
उनका अनुसार संविधानले समावेशी अधिकार सुनिश्चित गरिसकेको सन्दर्भमा विधेयकमा थप रूपमा दलितसम्बन्धी पृथक व्यवस्था गर्नुपर्ने आवश्यकता नरहेको विषयमा समितिका सदस्यबीच सहमति जुटेकाले त्यसअनुसार विधेयक तयार पारिएको हो ।
मन्त्री खड्काले विधेयकमा बाँध तथा जलस्रोत संरचनाको सुरक्षासम्बन्धी प्रावधानलाई अझ स्पष्ट र कार्यान्वयनमैत्री बनाइएको पनि स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्