images
images
images

‘भौतिक पूर्वाधार कमजोर भएकाले क्षमताभन्दा बढी कैदीहरू राख्नुपर्ने बाध्यता छ’ 

images

पूर्वाधार वाच, काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको बताएका छन् ।  बुधबार बसेको कानुन न्याय तथा मानव अधिकारी समितिको बैठकमा बोल्दै उनले धेरैजसो कारागारमा क्षमताभन्दा बढी कैदीहरू रहेको अवस्था रहेको बताउँदै कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढी लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमी भएको बताए ।

उनले भने,‘समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको छ । धेरैजसो कारागारमा क्षमताभन्दा बढी कैदीहरू रहेको अवस्था छ । कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढी लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमी भएको छ  । व्यवस्थापनको काम गरिरहेको छौं ।’

त्यस्तै उनले सात हजार जना कैदी बन्दीलाई अहिले उत्पादनमूलक काममा लगाइएको र ४० वटा कारागारमा बन्दीहरूलाई सामूहिक मनोसामाजिक परामर्श प्रदान गरिएको जानकारी गराए ।  मन्त्री लेखकले दुई हजार ८ सय ५७ जना बन्दीको स्वास्थ्य परीक्षण गरिएको र १२ वटा कारागारलाई नयाँ र ८ वटालाई पुराना सवारी साधन उपलब्ध गराइएको पनि जानकारी दिए ।

‘सात हजार जना कैदी बन्दीलाई अहिले उत्पादनमूलक काममा लगाइएको छ । त्यसले समयको सदुपयोग हुन्छ । ४० वटा कारागारमा बन्दीहरूलाई सामूहिक मनोसामाजिक परामर्श प्रदान गरिएको छ । विभागबाट ५४ वटा कारागार अनुगमन गरी सुधारका लागि पृष्ठपोषण प्रदान गरिएको छ । दुई हजार ८ सय ५७ जना बन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । १२ वटा कारागारलाई नयाँ र ८ वटालाई पुराना सवारी साधन उपलब्ध गराइएको छ । ’

उनका अनुसार कैदी बन्दीहरूको स्वास्थ्य बीमा पनि सुरु गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्