पूर्वाधार वाच, काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत् उत्पादनको क्षमता हेरेर प्रसारण लाइन निर्माणमा लाग्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा मंगलबार साँझ आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले विद्युत् उत्पादन हुने विभिन्न नदीको उत्पादन क्षमता हेरेर प्रसारण लाइन निर्माणमा लाग्नुपर्ने बताएका हुन् ।
‘कुन करिडोरमा कति क्षमतामा विद्युत् उत्पादन हुन्छ, त्यसको यकिन गरेर विद्युत् प्रसारण लाइन निर्माण गर्नुपर्छ, जसले गर्दा एउटै जग्गा र वन अधिग्रहण गरे पुग्छ,’ उनले भने । उनले जलविद्युत उत्पादन गर्दै गर्दा वातावरणीय असरलाई पनि ख्याल गर्नुपर्ने बताए ।

उर्जामन्त्री खड्काले मुलुकको मुख्य आयस्रोतको मेरुदण्डको रूपमा ऊर्जा क्षेत्रलाई लिएको बताए । १० वर्षका लागि ऊर्जा विकासको खाका सरकारले अगाडि बढाएको भन्दै उक्त खाकालाई पुरा गर्न ग्रीड कम्पनीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
उनले सबैभन्दा छिटो मुलुकको आर्थिक विकास र अर्थतन्त्र चलायमान हुने क्षेत्र उर्जाक्षेत्र भएकाले निजी क्षेत्रलाई साथमा लिएर सरकार ऊर्जा विकासमा लागिरहेको स्पष्ट पारे ।
‘ठूलो लगानी हुने ऊर्जा क्षेत्रलाई कसरी सहजीकरण र वित्तीय व्यवस्थापन गर्न सकिन्छ भनेर सरकार प्रष्ट खाकाका साथ अगाडि बढेको छ, हामीले ऊर्जा क्षेत्रको विकासको प्रमुख सहयात्रीका रूपमा निजी क्षेत्रलाई लिएका छौँ,’ उनले भने । उनले ऊर्जा क्षेत्रको विकासका लागि देखिएका कानुनी जटिलता र अफ्ठयारालाई सरकारले समाधान गर्दै जाने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्