images
images
images

भौतिक मन्त्री दाहाल र सचिव शर्माबीच कार्यसम्पादन सम्झौता

images

पूर्वाधार वाच, काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशवकुमार शर्मा बिच कार्यसम्पादन सम्झौता भएको छ । मंगलबार मन्त्रालयमा भएको कार्य सम्पादन सम्झौता कार्यक्रममा मन्त्री दाहालले सम्झौतामा उल्लेखित लक्ष्यहरू प्राप्तिका लागि आवधिक लक्ष्य र योजना तर्जुमा गर्न निर्देशन दिए ।

‘सम्झौतामा मूलभूत लक्ष्यहरू समेटिएका छन्’ मन्त्री दाहालले भने ‘प्रधानमन्त्रीले मन्त्रीहरूसँग सम्झौता गर्नुभएको छ, त्यही अनुसार आज मन्त्री र सचिव बिच सम्झौता भयो । यसलाई मार्गदर्शन ठानेर लक्ष्य प्राप्तिमा लाग्नु हुने छ भन्ने विश्वास छ ।’

गत आर्थिक वर्षमा सबैको मेहनतका कारण पुँजीगत खर्चको नतिजा राम्रो भए पनि त्यसमा ढुक्क नभई थप उच्च नतिला निकाल्ने गरी काम गर्न उनले निर्देशन दिए । सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग तथा पानी जहाज कार्यालयलाई उच्च नतिजा हासिल हुने गरी कार्यसम्पादन गर्न उनको निर्देशन छ ।

यस्तै मन्त्रालयका सचिव शर्माले कुन महिना कति परिणाम निकाल्ने हो, सोही अनुसार लक्ष्य निर्धारण गरी कार्यसम्पादन गर्न विभागीय प्रमुख तथा महाशाखा प्रमुखहरूलाई निर्देशन दिए । सम्झौतामा उल्लेखित नतिजा सूचकहरू प्राप्त हुने गरी माईलस्टोन अनुसार काम गर्न उनले भनेका छन् ।

गत साउन २९ गते प्रधानमन्त्री र मन्त्रीहरू बिच कार्यसम्पादन सम्झौता भएको थियो । सोही अनुसार मन्त्री र सचिव बिच सम्झौता भएको र अब सचिव तथा विभागीय प्रमुख एवम् महाशाखा प्रमुखहरू बिच सम्झौता गरिने मन्त्राल यका सहसचिव बलराम रिजालले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्