images
images
images

ऊर्जा मन्त्री खड्का जनकपुरमा, विद्युतको चोरी रोक्न र सुरक्षित विद्युत प्रदान गर्न निर्देशन

images

पूर्वाधार वाच, जनकपुर ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्र मधेश प्रदेशको कार्यालयको निरीक्षण गर्नुका साथै विद्युत प्राधिरकण धनुषा एवम ढल्केवर वितरण केन्द्रका पदाधिकारीहरुसंग छलफल गरेका छन् ।

बिहीबार मन्त्री खड्कासहितको टोलीले वितरण केन्द्रका प्रमुखलगायतका पदाधिकारीहरुसंग सिचाई, चुहावट, विद्युत आपूर्ती लगायतका विषयमा छलफल गर्नुका साथै निरीक्षण गरेका छन् ।
छलफल पश्चात सञ्चारकर्मीहरुसंग कुरा गर्दै मन्त्री खड्काले सुख्खाग्रस्त क्षेत्रमा सिचाईका निम्ति आवश्यक विद्युत सिंचित गर्न निर्देशन दिएको जानकारी दिए ।

साथै मधेश प्रदेशमा चुहावटको समस्या बढी रहेकाले विद्युतको चोरी रोकी सुरक्षित विद्युत प्रदान गर्न निर्देशन दिएको मन्त्री खड्काले बताए । उनले अधिकांश स्थानमा खेती भइसकेतापनि बाँकी रहेका स्थानहरुमा नयाँ बोरिङ जडान गर्न र मर्मत आवश्यक रहेका स्थानहरुमा आगामि दिनका लागि किसानहरुका निम्ति सहज सिचाईको व्यवस्था मिलाउने उद्येश्यले काम अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए ।

मौसम विभागले आगामी दिनमा फेरि पानीको समस्या आउने अनुमान गरेकाले खेत फाट्ने, सुख्खा हुने जस्ता समस्याका लागि तयारी गरेर बोर्डिङ, नहर, विद्युतको आपूर्ति गर्न लागि परेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्