images
images
images

वीरगञ्जमा हैजा संक्रमण : विद्यालय तीन दिनका लागि बन्द

images

पूर्वाधार वाच, वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकाभित्र हैंजाको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
महानगरपालिकाले बढ्दो स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै भदौ १५ गतेदेखि १७ गतेसम्म विद्यालयहरू बन्द गर्ने घोषणा गरेको हो ।

हैंजाको संक्रमण नियन्त्रणमा लिन र थप जोखिम रोक्न महानगरपालिकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विद्यार्थीहरूलाई भीडभाड हुने स्थानमा नजान, व्यक्तिगत सरसफाइमा ध्यान दिन र मात्र सुरक्षित तथा शुद्ध खानेपानी प्रयोग गर्न अनुरोध गरिएको छ ।

यससँगै, महानगरपालिकाले अभिभावक तथा विद्यालय व्यवस्थापनलाई बालबालिकाको सुरक्षामा आवश्यक सहयोग गर्न आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्